हङकङभरी सनसनी फैलाउने गरी भएको नेपालीबीचको ग्याङ फाईटमा संलग्न ३ नेपाली पक्राउ

नेपाली ग्याङ फाईटका थप ३ संदिग्ध पक्राउ

हङकङ, ५ अक्टोबर । हङकङभरी सनसनी फैलाउने गरी भएको नेपालीबीचको ग्याङ फाईटमा संलग्न रहेको आशंकामा प्रहरीले मंगलवार थप ३ जना नेपालीलाई पक्राउ गरेको छ।

1475588491_0428

चिनीयाँ पत्रिका एप्पल न्युजका अनुसार पक्राउ परिएका तीन जना नेपालीहरु टाउको कालो कपडाले छोपिएको र हातमा हतकडी लगाइएको अवस्स्थामा थिए।

उनीहरुलाई पक्राउ गर्न र घटनाबारे अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो। अनुसन्धानमा जुटेको प्रहरी टोलीले पक्राउ परेको एक संदिग्धको कपडामा रगतको टाटासमेत भेटिएको बताइएको छ। प्रहरी घटनाको प्रमाणहरु जुटाउने क्रममै रहेको छ।

जोर्डनको नाईट मार्केट नजिक गत आइतवार बिहान भएको डरलाग्दो ग्याङ फाईटमा प्रहरीले तत्कालै गोली हानेर दुईजना २५ वर्षीय महेन्द्र पुन र २३ वर्षीय बिनोद पुनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो। महेन्द्रको कमर र खुट्टामा र बिनोदको पाखुरामा गोली लागेको छ।

अपराधमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुविरुद्ध अदालतमा मुद्दा हालिसकेको छ। प्रहरीको गोली लागेर घाइते भएका उनीहरु अदालतमा उपस्थित हुन नसकेपछि उनीहरुको मुद्दा शुक्रवारसम्मको लागि स्थगित गरिएको छ। उनीहरुको अस्पातलमा उपचार भईरहेको छ।

1475593125_aa6e

सौजन्यः एचके एप्पल न्युज

तपाईको प्रतिक्रिया दिनुहोस्