पहिलो महिला सगरमाथा आरोही जापानी नागरिक जुनको तावेईको ७७ वर्षको उमेरमा शनिवार जापानमा मुत्यु भएको छ ।
जापानी संचारमाध्यम याेउमुरी सिन्वुनका अनुसार क्यान्सर रोगबाट पीडित तावेईको मृत्यु भएको जनाएको हाे । चार वर्षअघिबाट क्यान्सर रोगबाट प्रभावित तावेईलाई उपचारका लागि विहीवार विहान साईतामा राज्यको क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।
भर्ना पश्चात उपचारका क्रममा मृत्यु भएपछि उनकाे शवलार्इ विहीवार नै दाहसस्कार गरिएकाे परिवार स्राेतले जानकारी दिएकाे समाचारमा जनार्इएकाे छ।
सन १९७५मा तावेईले सगरमाथाको सफल आरोहण गरेर किर्तिमानी राखेकी थिईन।
को हुन जुनको-तावेई?
जापानको फुकुसिमामा जन्मिएकी जापानी नागरिक जुनको तावेई पहिलो महिला सगरमाथा आरोही हुन । उनले सन १९७५ मे १६ तारिकका दिन विश्वको सर्वोच्च सगरमाथाको चुचुरोमा पाईला टेकेकी थिईन ।
सन १९६९मा महिला शिखर आरोहीहरुको संस्था लेडिज क्लाईम्विङ्ग क्लव गठन गरेकी थिईन। सोवा उमन्स विश्वविद्यालयमा अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी तावेई दुई सन्तानकी आमा रहेकी थिईन।
१० वर्षको उमेरमा विद्यालयका शिक्षकसंग माउन्ट नासु नामक शिखर चढेपछि उनमा हिमाल चढने शौख जागेको थियो । विश्वका सातै महादेशका अग्ला हिमाल चढेकी पहिलो महिला तावेई हाल हिमालयन एडभेन्चर ट्रस्ट अफ जापानकी निर्देशकका रुपमा कार्यरत थिईन।
उनले तत्कालिन नेपाली राजा विरेन्द्रबाट गोर्खा दक्षिण वाहु पदक समेत प्राप्त गरेकी थिईन ।


तपाईको प्रतिक्रिया दिनुहोस्