१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले छैटौ विकेट गुमाएको छ ।
नेपालले छैटौ विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो । कप्तान पारसले ११५ रन बनाएर आउट भए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरेर आउट भए ।
यसअघि पाँचौ विकेटको रुपमा रोहितकुमार पौडेललाई नेपालले गुमाएको थियो । रोहित १६ रनमा आउट भए ।
सन्दीप जोरा १९ रनमा बाउन्ड्री लाइनमा क्याच आउट भएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीलेले ६ रन बनाएर आउट भए ।
नेपालका ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका थिए । त्यस्तै, विनोद भण्डारी ९ रनमा आउट भए ।
आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्